गरुडा न.पा.०९ का वडा अध्यक्षलाई कानुनी दायरामा ल्याई शान्ति सुरक्षाको माग सहित युवा नेता राजकुमार दासको प्रेस विज्ञप्ति। Madhesi Force

रौतहट, ०४ पुष गरुडा। हिन्दु मुस्लिमको नारा लगाई गत मंसिर महिनाको २१,२८ गते शुक्रवार साझ ०५ बजे देखि निम्तेको पुरै गाउँलाई नेै लक्षित गरि गराइएको गरिब विपन्न परिवारहरुका घर टहराहरुमा जान नै जाने अागो लगाई लुटपाट मचाई घरमा

सुतेका पुरुष , महिला, युवायुवती , स-साना केटाकेटी लगायत ८० वर्षका बुढापखाहरुमा कुटपिट जस्ता समाजलाई विखण्डित गर्ने घटना लगातार रौतहटको गरुडा नगरपालिकाको वार्ड ०९ रधुनाथपुरका वडा अध्यक्ष राजेश सहनी र तिनकै पुर्व वडा अध्यक्ष रहनु भएका बुवा (राजपा) प्रत्यासी उम्मेदवार हरि नारायण सहनीले गराउदै अाइरहेका हुदाहुदै पनि

मंसिर २१,२८ गतेको घटना प्रति केहि सत्य तथ्य निष्कर्ष नभई घटनाका दोषी राजेश सहनी सगै उनका बुवा हरिनारायण सहनीले पुर्ण: पुष महिनाको पहिलो हप्ताको ०४ गते दोस्रोपटक रधुनाथपुरको बिर्ता बजारको दिनलाई लक्षित गरि बम, गोली प्रहार, फेरि घर टहरा , परालमा अागञ्नी , ढुङ्गामुडा कुटपिट लाई अझै अाफ्ना पक्षका कार्यकर्ताहरुलाई लगाई थप भव्य भित र तनावग्रस्तको वातावरण सिर्जना गराएका छन।

तर यस घटना सगै थप १३ वटा मुद्दा अहिले सम्म राजेश सहनी र हरिनारायण सहनी माथि हुदाहुदै पनि यहाका प्रशासनिक निकायले कुनै पनि मुद्दा माथि सोधपुछ र कर-कारवाही समेत अहिले सम्म नगरेका छन। घटना अस्थलमा खटेका प्रहरी र तिनका प्रमुखहरुले उल्टो जातको पक्ष लिई र हामीहरु माथि नै कारवाही गरिने जस्ता कुरा दोहोराएका गरेका।

तसर्थ यस घटनामा परी अागञ्जी भएका घरटहरा , अन्य खादान, कुटपिट भई घाईते भएका मेरा साथीहरु र गाउका जनता लगायत स-साना केटाकेटी र बुढापखाहरुलाई सक्दो सहि अतिपुर्ति उपचार खर्च दोषीमाथि कडा भन्दा कडा सजाय सहित करवाहिको माग गर्दै म यो प्रेस विज्ञप्ति जारी गरेका छु।

प्रेस विज्ञप्ति

राजकुमार दास तत्मा २०६२/०६३को आन्दोलनको दौरान शिक्षक पेसामा जागिरबाट राजीनामा दिई। मधेस भएका पटकपटक अान्दोलनमा म अाफ्नो निरंतर सहयोग गरी तत्कालीन तमलोपमा प्रवेश गरी राजनीतिक यात्रा सुरु गरेका थिए।
मधेसीवादी दलको टूट फुटको रवैयाको कारण म पनि तमलोपा हुदै सद्भावना पार्टीको केंद्रीय सदस्य हुन पुगे।
त्यस पश्चात सद्भावना लगायत ६ पार्टी सम्लित भई राजपा नेपाल बन्दा उक्त पार्टीको पनि केन्द्रीय सदस्य समेत भए।
अस्थानीय चुनाव हुदा म मेयर पदको आकांक्षी भए पनि पार्टीले मलाई टिकेट दिएन। हवा- हवाई उमेदवार लाई चुनावमा उतारे र मलाई महंथठ ठाकुर जी लगायतले बिधेकमा लड्नु पर्ने जोड़ दिएर मेरो चित बुझाई फरकाए।
त्यस पछि अस्थानीय चुनावका बेला मैले आफ्नो दलबल ले राजपा नेपालको पुरै वार्ड अध्यक्ष लगायत पुरै पैनल नै जिताए।
केहि समयको अंत्राल पछि पालो आयो संघीय चुनावको आधिकारिक रुपमा जानकारी पार्टीबाट प्रदेश सभा सदस्य टिकेट आफुले पाए र खुसी पनि भए तर पेेसा कुर्सीको चलखेलमा रातरात मेरो उम्मेदवारीककटलाई पुर्व अाई. जी. पी. प्रदीप शमशेर जबरा लाई दियोपार्टीको रबैया र म जस्तो समर्पित कार्यकर्तालाई टिकेट न दिए पछि पार्टी बाट बाहिर हुदै स्वतंत्रत उमेदवार शेख अबुल कलाम आजाद फुलबाबू लाई बाख्रा छाप बाट जिताए।
यही बाट सुरु भयो द्वन्द र प्रहारको घटनाहरु हरिनारायण सहनीले जम्मा राजपालाई यहाबाट ५०० मत पनि दिन सकेन। तर मैले स्वतन्त्र उमेदवारलाई ११०० को हराहरिमा मत दिए।

हरिनारायण सहनी र उसको मतियारहरुले क्रमश यहाँका अस्थानीय राजनीतिक गर्ने हिन्दू वर्गको नेताहरुमाथि आक्रमण गर्दै गयो…..
१. रामकिशो साह(प्रत्यासी कांग्रेश वार्ड अध्यक्ष)
२.दिलीप सहनी(प्रत्यासी एमाले वार्ड अध्यक्षको छोरा)
३.धिरेन्द्र सहनी
४.चन्देश्वर सहनी
५.केदार सहनी
६.शेख हुसनैन (पूर्व मुखियाको छोरा एमाले)
७. शरफल लाल हजरा(पूर्व उप्रधान हाल निर्वाचित वार्ड सदस्य राजपा नेपाल)
पटक पटक हिन्दू नेताहरुलाई नै मारपीट गरी जातीय रंग दिन खोजयो हिन्दू मुस्लिमको तर हामीले जती जाहिरी दिए पनि प्रहरी मौन बसेका छन आखिर किन?

* निर्वाचित भए पश्चात वार्ड अध्यक्ष राजेश कुमार साहनीले बुवा हरिनरायन सहनी देखी आफ्नै घरपरिवारका दाई-भाई भातिज-भाउजु सम्म उपभोक्ता बनाएर भ्रष्टचार लिप्त भए यसको पनि उजुरी हाले।

*भारतीय नागरिकों जन्म दर्ता समेत पैसा लिएर वार्ड अध्यक्षले बनाए।

*जीवित महिलाको मृत्यु दर्ता बनाई उसको नाममा रहेको सबै जगा आर्थिक प्रलोभनमा परी खरीद बिक्री गराई ठुलो भरस्टाचार नै वार्ड अध्यक्षले गरे।

*यि सबै विषयमा सम्बन्धि निकायमा जाहिरी दिए पछि हरिनरायनसहनीले विभिन्न प्रपोगंडा रची जातीय हिंसा गराउन खोजे तर हामी संयमित भएर अगाडी बढ़े।
*आज पुनः हरिनारायण सहनी झूट फुसको हिन्दू मुस्लिम नारा दिएर द्वन्द ल्याउन खोज्दै छ।

*लासको राजनीतिक गरेर सफलता हाथ न लागे पछि पुनः षड्यन्त्र रची यो बिबाद गराउन मुख्य नायक हरिनारायण सहनी र उसको छोरा राजेश सहनी नै अग्रसर भएको हो।

*प्रहरी प्रशासन दोसीलाई समातन नसक्नु जाहिरी दर्ता नगर्नु पटक पटक प्रहरी आफै घटनामा मोसिनु ठुलो दुर्घटना हुने संभावना देखिएको हो।

*प्रहरीले पनि जात विशेष बर्चस्व विशेष र निर्वाचित भएको ब्यक्ति विशेष बने पछि घटना बढ्दै गएको हो।

*लास जलाउने बिषय पनि केहि भ्रामक तथ्य बाहिर गएको र सत्य लुकाउने कार्य बढ़ी सहनी पक्षले गरेको हो। यथार्थमा सदियों देखि जली रहेको ठाउँमा हरि सहनी आफै प्रलोभनमा परी पानीतंकिको अध्यक्ष आफ्नो छोरा लाई बनाई त्यस ठाउँमा स्टेट बोरॉन हलाइएको हो। बिना जानकारी मुस्लिम हरुको घरबास रहेको पछाडि २काठा जमीन खरीद गरी त्यस ठाउँमा जलाऊन खोज्दा मात्र दुइ समुदाय बीच बिबाद हुन पुगेको थिए हाल सहमति पश्चात पुरानै ठाउँमा दाहसंस्कार भइरहेको र त्यस सन्दर्भमा कुनै बिबाद न रहेको ।
*हरिनारायण सहनी पक्षले निर्वाचित वडा सदस्य सर्फ़लाल हजारा लाई बिर्ता बाजार जादा बिच बाटोमा कुटपिट गरे पछि तनाव बढेको हो। साथै पटक पटक सहनी पक्षले ज्यादती मारपीट र झूठ अफवाह लाई प्राथमिकता दिदै जातीय दंगाको रूप दिन खोजी रहेको हो। तर प्रशासन अहिले सम्म करवाई नगरेकोले समस्या झन बढ्दै गएको हो।

अन्तय: यस सन्दर्भमा सबै पक्षलाई आग्रह छ कि मेरो लगायतको जीउधनको रक्षा सहित आम नागरिकलाई समेत सुरक्षाको अनुभूति दिई। वार्ड अध्यक्ष लाई कांनूनी दयारामा ल्याई शान्ति सुरक्षाको बहाली गरी दिनु हुनको लागि ,प्रदेश सरकार,संघीय सरकार,
सुरक्षाकर्मी,मानवअधिकारकर्मी,पत्रकार,राजनीतिककर्मी संग विनम्र अनुरोध छ ।

युवानेता
राजकुमार दास तत्मा
संघीय समाजवादी फोरम नेपाल
गरूडा नगरपालिका, रौतहट

Leave a comment