उपकार फाउन्डेसन नेपालको आयोजनामा रौतहटको गरुडामा रक्तदान कार्यक्रम सम्पन्न।Madhesi Force

💞”रक्तदान जीवन दान”💞

रौतहट , २५ कार्तिक गरुडा। रक्तदान जीवन दान मुल नाराको साथ जिल्लाको मध्य नगरपालिका गरुडा ४ स्थित मा उपकार फाउन्डेसन नेपाल चन्द्रपुर नगरपालिका वार्ड नं.६ रौतहटको अायोजना तथा नेपाल रेडक्रस सोसाइटी अाकस्मिक रक्त संचार सेवा गरुडा रौतहटको संयुक्त सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।

नेपाल रेडक्रस सोसाइटी अाकस्मिक रक्त संचार सेवा गरुडाले अागामि दिनहरूमा गर्दै आईरहेका मानवीय उत्कृष्ट सेवा भावबाट अभिप्रेरित भई हुदा अझै यस्ता मानवीय जीवनको रक्षा हितका लागि सधैंभरि जोस र जागको साथ एकजुट भई सक्दो सेवा र सहयोग गरिनुपर्छ।

भने उदेश्यले यस रक्तदान कार्यक्रममा रक्तदान गरी अमूल्य सहयोग गर्नु भएका श्याम ठाकुर सहित विभिन्नहरुले रक्तदान गरी सहयोग गरिदिनु हुने सबैजनालाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं.२ सरकारका भुमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव सहित प्रदेश सभा सदस्य रौतहट क्षेत्र ४ ख बिधायक शेख अब्दुल कलाम अाजाद ( फुलबाबु) गरी गरुडा नगरपालिका प्रमुख मेयर इन्दु राय यादवले धन्यवाद दिदै प्रोत्साहन पत्र समेत प्रदान गर्नु भएका थिए।

साथै यस पालीको रक्तदान कार्यक्रममा बढिको संख्यामा युवा , व्यापारी , पत्रकार , बुद्धिजीवी र सर्वसाधारणहरुले सहभागी भई रक्तदान गरेका छन।

कार्यक्रममा वरिष्ठ अतिथि भई रक्तदान समेत गर्नु भएका संघीय समाजवादी फोरम नेपाल प्रदेश नं.२ सदस्य रहनु भएका ब्रिज किशोर राय यादव फोरम जिल्ला सदस्य जयनाथ राय यादव , सरोज यादव त्यसतै समाजवादी युवा फोरम नेपाल रौतहट जिल्ला अध्यक्ष कौशर खान मिथिला , सचिव संजिप यादव, सदस्य शेख खुरसिद अालम युवा नेता राजकुमार दास , समाजसेवी इन्द्र माला जयसवाल र रेडियो मधेस मसला १०४.६ मेगाहार्ज गरुडाका निर्देशक एवम् पत्रकार मनोज चौधरी लगायत युवा , व्यापारी , बिद्यार्थी , बुद्धिजीवी, पत्रकार र सर्वसाधारणहरुको ठूलोको संख्यामा उपस्थित थिए।

Leave a comment