प्रदेश नं.२ सरकारले महोत्तरी र रौतहटका दुई जना मधेस अान्दोलनका घाईतेलाई सहयोग रकम हस्तान्तरण।Madhesi Force

धनुषा,१२ कार्तिक जनकपुरधाम। प्रदेश नं.२ सरकारको निर्णय र मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको चहना अनरुप मधेश आन्दोलनको क्रममा आठ वटै जिल्लाहरुबाट शहिदका परिवार र गम्भीर घाईते भएका पिडितहरुलाई अवस्था अनुसारको जागिर तथा अार्थिक सहयोग समेत गरिदै अाई रहदा अाज महोत्तरी रौतहट गरी दुई जिल्लाका दुईजना मधेस अान्दोलनका गम्भीर घाइतेहरुलाई नगद आर्थिक सहयोग उपलब्ध गराउनु भएको छ ।

मधेश आन्दोलनका घाइतेहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने प्रदेश सरकारको निर्णय अनुरुप मुख्यमन्त्री मोहम्मद लालबाब राउतले दुबै घाइतेलाई चेक हस्तान्तरण गर्नु भएको हो ।

मुख्यमन्त्रीको कार्यालय मधेस भवनमा आयोजित चेक हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले मधेश आन्दोलनका घाइते महोत्तरीका शंकर पासवानलाई नगद रु.दुई लाख र रौतहटका रणविरकुमार सिंह राजपुतलाई एक लाखको चेक हस्तान्तरण गर्नु भएको हो ।

प्रदेश नं.२ सरकारले अहिले सम्म मधेस अान्दोलनका १३ जना गम्भीर घाइतेहरुलाई चेक हस्तान्तरण गरि सकेका छन । प्रदेश नं.२ सरकारले मधेश आन्दोलनका घाइतेहरुलाई अवस्था हेरी नगद रु. पचास हजार देखि रु.तीन लाख सम्म उपलब्ध गराउने निर्णय गरेको छ ।

Leave a comment